|

कोरोना बिरुद्धको खोप लगाउन अब ४० देखि ५९ बर्ष उमेर समूह लक्षित वर्गमा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,३१ चैत । सरकारले आगामी ५ बैशाख सम्म कोरोना बिरुद्धको खोप सञ्चालनलाइ निरन्तरता दिन निर्देश गर्दै उमेर समूह निर्धारण गरेको छ । अब ४० देखि ५९ बर्ष उमेर समूहका नागरिक खोप लगाउने लक्षित समूहमा पर्ने भएका छन् । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले काठमाण्डौ,भक्तपुर,ललितपुर सहित सिन्धुपाल्चोक,काभ्रे,रसुवा र नुवाकोटका स्वास्थ्य कार्यालयलाइ पत्र लेख्दै कोभिड खोप सञ्चालनको आधार र मापदण्ड दिएको हो । परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलका अनुसार अहिलेको कोभिड खोप अभियानलाइ ४० देखि ५९ बर्ष उमेर समूहमा लक्षित गरी खोप अभियानलाइ निरन्तरता दिइनुपर्ने छ । सरकारले सार्वजनिक यातायातका चालक र सहचालकलाइ समेत कोरोना बिरुद्धको खोप लगाउन उल्लेखित जिल्लाका स्वास्थ्य कार्यालयहरुलाइ परिपत्र गरेको छ । अहिले सम्म खोप लगाउन योग्य ठानिएका लग्क्षित वर्गलाइ खोप लगाउने कार्यमा निरन्तरता दिन समेत उसले भनेको छ । पहिलो चरणमा महिला स्वास्थ्य स्वयंसेविका,स्वास्थ्यकर्मी र सफाइकर्मी,दोस्रो चरणमा जनप्रतिनिधि,सुरक्षाकर्मी,सञ्चारकर्मी,शिक्षक र सार्वजनिक यातायातमा संलग्न चालक र सहचालक लक्षित वर्गमा थिए । तेस्रो चरणमा ५५ र सो भन्दा माथि उमेर समूहका नागरिक लक्षित वर्गमा थिए । अब भने सरकारले अघिल्ला चरणमा लक्षित समूहका परी खोप लगाउन छुटेका र ४० देखि ५९ बर्ष उमेर समूहका नागरिकलाइ खोप लगाउने तयारी गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts