सिदिङ्वाको सार्वजनिक सुनुवाई सादेवामा असार २७ गते
उज्यालो पोष्ट
ताप्लेजुङ,असार २५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले असार २७ गते चालु आर्थिक बर्ष २०८२।८३ को अन्तिम चौमासिक अवधिको सार्वजनिक सुनुवाई गर्ने भएको छ ।
पालिकाको वडा नं २ सादेवास्थित वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाले जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिकाले यसअघि वडा नं ६ मेहेलेमा सार्वजनिक सुनुवाई गरिसकेको छ ।
पालिका अध्यक्ष मानबहादुर राई,उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना),प्रमुख प्रशासकीय अधिकृत सिवा,पालिकाका वडाध्यक्षहरु,बिषयगत शाखाका प्रमुखहरु र पालिका मातहतका निकायका प्रमुखहरुले जनताले उठाएका सवाल,राखेका गुनासाहरुको जवाफदिने गरी सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको पालिकाका प्रशासन शाखा प्रमुख(अधिकृत सातौंं)तीवेन्द्र अधिकारीले जानकारी दिनुभयो ।