हुम्लामा जीप दुर्घटना, ४ जनाको मृत्यु
हुम्ला,मंसिर २० । जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। एक बच्चा सहित ७ जना घाइते भएका छन् । सिमकोट गाउपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु.२ च २१०२ नंम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हुम्ला सदरमुकाम सिमिकोट देखि बिरामी लिन बोलेरो जीप हेप्काखोला गएको थियो । बिरामी ल्याएर फर्कने क्रममा दुर्घटनामा परेको हो। सिमिकोट गाउँपालिका ७ डाँडाफयामा राति १० बजे जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा सिमकोट७ का ३० वर्षिय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्का का ४५ वर्षिय डुकी तामाङ र उनका श्रीमान ४५ वर्षिय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । घाईते हुनेमा सिमकोट २ ठेहेका जीप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, १ बर्षे बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहनु भएको छ । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चा सहित ५ जनाको अबस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हुम्लाका पत्रकार जनक शाहीले जीप सडक भन्दा झण्डै ६ सय मिटर तल खसेको छ। जीप दुर्घटना भएको खबर पाए लगतै घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासी उद्धारका लागि पुगिसकेका थिए । राती भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका ससस्त्र प्रहरी बल हुम्ला प्रमुख डिएसपी मोहन बिष्टले बताए। दुर्घटनामा परेका अधिकांसको छाती, टाउको र हात खुट्टामा चोट लागेको छ ।