आलु उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै मेरिङदेन

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ३ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कृषक समेतको लागत साझेदारीमा आलु उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवका अनुसार कोशी प्रदेश सरकारबाट सर्शत अनुदान शीर्षकमा प्राप्त कार्यक्रम कार्यान्वयनमा लगिएको हो । अनिवार्य लागत साझेदारी हुने आलु उत्पादन प्रवद्र्धन कार्यक्रममा सहभागी हुन चाहने कृषक,कृषि उद्यमी,कृषि फर्म,कृषक समूह र कृषि सहकारी संस्थाहरुले आलु उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि आबेदन दिन पाउनेछन् ।

प्रति किसान न्यूनतम् २ रोपनी जग्गा हुनुपर्ने,कार्यक्रम कार्यान्वयन स्थलको जग्गाको स्वामित्व खुल्ने जग्गाधनी पूर्जा र जग्गाधनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य हुनुपर्ने सहितका सर्त राखेर पालिकाले कार्यक्रम कार्यान्वयनमा लगेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिनुभयो ।

Similar Posts