जिसीको सरुवा बाग्लुङमा

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २१ । ताप्लेजुङका जिल्ला समन्वय अधिकारी डम्बरबहादुर जिसीको बाग्लुङको गलकोट नगरपालिकामा सरुवा भएको छ । जिसीको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको हो ।

अघिल्लो सरकारको पालामा जिल्ला समन्वय समितिबाट फुङलिङ नगरपालिकाका लागि सरुवा भएर दरबन्दी कायम भएपनि जिसी नगरपालिकामा भने हाजिर हुनु भएको थिएन । अहिले उहाँको बाग्लुङ सरुवा भएको छ ।

जिल्ला समन्वय समितिमा अहिले प्रशासनिक क्षेत्रमा अब शाखा अधिकृत प्रभा आले र नायव सुब्बा युवराज पौडेल सहित कार्यरत रहनु भएको छ ।

Similar Posts