|

प्रधानमन्त्री ओलीको घुन्सा आउने कार्यक्रम ८ गतेलाइ तोकियो,अब स्थगित नहुने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने कार्यक्रम मंसिर ८ गतेका तय भएको छ ।
मंसिर ८ गते सोमवार घुन्सा आउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयमै रहेकी घुन्सा फउण्डेसनकी अध्यक्ष तथा नेपाल ट्रष्टका सदस्य याङ्जोम शेर्पाले जानकारी दिनुभयो । यसअघि मंसिर ५ गते र ७ गतेका लागि तय भएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो । घुन्सा फउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन,हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्न र सीमावर्ती क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली घुन्सा आउने कार्यक्रम तय भएको हो । घुन्साको कार्यक्रम पछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा स्थापित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी)को निरीक्षण गर्न जाने कार्यक्रम तय भएको बुझिएको छ । ८ गते कार्यक्रम हुने भएपछि ७ गतेकै कार्यक्रमका लागि घुन्सातर्फ प्रस्थान गर्नु भएका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ सहितको टोली फक्तालुङ गाउँपालिकाको तापोथोबाट उकालो लाग्ने भएको छ । पूर्व सांसद,प्रदेश सांसद,जिल्ला समन्वय प्रमुख र फुङ्लिङ नगरपालिकाका प्रमुख सहितको टोली भने यसअघि नै घुन्सातर्फ प्रस्थान गरिसकेको छ ।‘अब स्थगित हुदैन,सबै तयारी गर्नु भनेर प्रधानमन्त्री ज्यूले आफैं भन्नु भएको छ’घुन्सा फउण्डेसनकी अध्यक्ष शेर्पाले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts