| |

मध्य तमोर आयोजनामा करिव २२ सय मिटर लामो सुरुङमार्ग बन्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २२ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका,मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीमा निमार्णाधिन मध्य तमोर आयोजनामा करिव २ हजार २ सय मिटर लामो सुरुङमार्ग बनेको छ । जम्मा ३ हजार ४०० मिटर लामो सुरुङमार्ग मध्ये २ हजार २ सय मिटर पूरा भएको मध्य तमोर जलबिद्युत आयोजनाका व्यवस्थापक मणिराज पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार अब १ हजार २ सय मिटर सुरुङमार्ग बन्न बाँकी रहेको छ । उनका अनुसार इन्टेकको काम ९० प्रतिशत सकिएको छ । ७३ मेघावाट क्षमताको जलबिद्युत आयोजनाको टनेलको काम ४० प्रशितशत सकिएको पोखरेलले बताउनुभयो । लक डाउनका बीच पनि निरन्तर काम भएकोले यो तहको प्रगति भएको आयोजनाले जनाएको छ । तर,पछिल्लो समय चिनिया मजदुर कोरोना बिरुद्धको खोपका लागि भन्दै स्वदेश फर्किएपछि भने सुरुङमार्ग सहितको भौतिक प्रगति प्रभावित हुने आयोजनाले ठम्याएको छ । भूमिगत(अण्डर ग्राउण्ड)गरिएको पानी थिग्ग्रयाउने उपकरण(सेटलिङ् बेसिन) को काम भने लगभग अन्तिम चरणमा पुगेको छ । ३ सय मिटर लम्बाइ र एकसय मिटर चौडाइको सेटलिङ् बेसिनलाइ प्राकृतिक बिपद्ीका समस्याबाट जोगाउन अण्डर ग्राउण्ड गरिएको आयोजना प्रवन्धक पोखरेलले जानकारी दिनुभयो । फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिन र मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा मुख्य–मुख्य संरचना रहेको बिद्युत आयोजनाको फुङ्लिङ नगरपालिका ९ र १० हाङ्देवा तथा फुरुम्बुको तल्लो तटीय क्षेत्र आयोजनाको मुख्य कार्यस्थल रहेको छ । आयोजनाको फुरुम्बुस्थित मित्लुङ नजिक ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी करिव ३ हजार ४ सय मिटर लामोसुरुङ मार्गमार्फत खोक्लिङको थुम्बा बेंसीमा विद्युतगृह निर्माण भइरहेको हो । ताप्लेजुङमा निर्माण भइरहेका आयोजना मध्ये यो नै अहिले सम्मको सबैभन्दा बढी क्षमताको रहेको छ । आयोजनाबाट उत्पादन भएको बिद्युत आयोजनाको स्वीचयार्ड देखि करिव १२ किलोमिटर लामो २२० केभीए क्षमताको प्रसारण लाइनमार्फत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा प्रस्तावित नेपाल बिद्युत प्राधिकरणको ढुङगेसाँघु सव–स्टेशनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजाको तयारी छ । कोशी करिडोर नामले परिचित ढुङगेसाँघु सव–स्टेशनको काम पनि तीव्र गतिमा भइरहेकोले आयोजनाले लक्ष्य अनुसार उत्पादित बिद्युत सो सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कुनै समस्या नहुने देखेको छ । सुरुमा ५४ मेगावाट क्षमता बराबर विद्युत उत्पादन गर्नेगरी सुरु गरिएको आयोजनाको मुहान् स्थल (हेडवक्र्स) केही परिवर्तन गरेसँगै उत्पादन क्षमता बढ्ने बढेर ७३ मेघावाट पुगेको हो । सुरुमा मापन गरिएको क्षमताअनुसार निर्माण प्रक्रिया अघि बढाएकोमा पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कुल ७३ मेगावाट क्षमताको विद्युत उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts