| |

वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २३ । सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा व्यवस्थापन विज्ञ प्रकाश पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले असार १५ गते निगमको संचालक समितिको बोर्डमा सदस्य नियुक्त पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हो । निगमका लागि दुईटा वाइडबडी जहाज खरिद गर्ने सुगतरत्न कशांकार ०७६ जेठमा चार वर्षे कार्यकाल सकेर गएपछि निगमको महाप्रबन्धक पद रिक्त थियो । त्यसपछि निगमको नेतृत्व कार्यकारी अध्यक्ष मदन खरेलले सम्हाल्नु भएको थियो । उहाँपछि हाल पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्ष रहनु भएको थियो । हाल नेकपाको उद्योग व्यवसायी महासंघ सचिवालय सदस्य रहनु भएका पौडल तत्कालीन एमालेको नवलपरासी जिल्ला अध्यक्ष समेत भइसक्नु भएको छ । बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गर्नु भएका पौडेल निगमको बोर्ड सदस्यमा मनोनीत हुनुअघि चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । पर्यटनमन्त्री योगेशकुमार भट्टराई प्रचार विभाग प्रमुख हुँदा उहाँ सदस्य रहनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts