फुसको छानो बिस्थापनसहित ६ महत्वपूर्ण योजना कार्यान्वयन गर्दै मैवाखोला,छानिए निर्माण व्यवसायी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १५ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका क्षेत्रमा सञ्चालन हुने ६ महत्वपूर्ण योजना कार्यान्वयनका लागि बोलपत्रमार्फत निर्माण व्यवसायी छनौट गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार थुकियाखोला–ओरखुम–घोरेटार–फाखोङदेन सिचाँई आयोजनाको जिम्मेवारी जलजले निर्माण सेवा तथा सप्लार्यसले ८८ लाख ६४ हजार २ सय ६५ रुपैयाँमा पाएको छ । वडा नं १ स्थित पार्टी आधारभूत बिद्यालयको ७ कोठे भवन निर्माणको जिम्मेवारी मैवा कन्ट्रक्सनले १ करोड ११ लाख ५ हजार १ सय ५७ रुपैयाँमा पाएको पालिकाले जनाएको छ ।

नवज्योति आधारभूत बिद्यालयको ४ कोठे भवन निर्माणको जिम्मेवारी भने सूर्य निर्माण सेवाले ६० लाख ५९ हजार २ सय ८९ रुपैयाँमा पाएको पालिकाले जनाएको छ । नेरुवाखोला–एकबाँसे–खाम्सादेन–टिम्बुरेखोला क्षेत्रको सडक स्तरोन्नतीको जिम्मेवारी भने ४४ लाख ७८ हजार ७ सय ४ रुपैयाँमा सम्पन्न गर्ने गरी नव उदय निर्माण सेवाले पाएको छ ।

पालिकाले मैवाखोला गाउँपालिका भित्रका घरधुरीमा फुसको छानो बिस्थापन गर्नेगरी अघि बढाएको योजना अनुरुप जस्तापाता सामग्री आयातको जिम्मेवारी ताप्लेजुङ विल्र्डस प्रालि काठमाडौंले १ करोड ५६ लाख ६९ हजार ९ सय ४२ रुपैयाँमा पाएको छ ।

पालिकामा आवश्यक पर्ने सामग्रीको आपूर्ति र अन्य व्यवस्थापकीय कार्यको जिम्मेवारी तेल्लाबुङ कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले ३८ लाख ४२ हजार रुपैयाँमा सम्पन्न गर्नेगरी जिम्मेवारी पाएको पालिकाले जनाएको छ ।

पालिकाले बोलपत्र आवह्वान गरी पेश हुन आएका बोलपत्रमध्ये सारभूत रुपमा प्रभावग्राही तथा औसत अंकसंग सबैभन्दा नजिक रहेको र लागत अनुमान भन्दा सारभूत रुपमा बढी नभएका बोलपत्र स्वीकृत गरी जिम्मेवारी प्रदान गरेको समेत जनाएको छ ।

 

Similar Posts