जिप्रकाद्धारा आचारसंहिता र सामाजिक सञ्जालको प्रयोग सम्वन्धी मातहतका प्रहरी कर्मचारीलाई अनुशिक्षण
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १५ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता र सामाजिक सञ्जाल प्रयोग सम्वन्धीका बिषयमा मातहतका प्रहरी कर्मचारीलाई अनुशिक्षण गराएको छ ।
जिल्ला प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईका अनुसार प्रहरी कर्मचारीलाई आफ्नो पेशागत मर्यादा र सांगठनिक नीति निर्देशनमा आधारित रहेर पालना गर्नुपर्ने सेवाका बिषयमा जानकारी दिन अनुशिक्षण गराईएको हो । दुबै कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक पुजन बुढाथोकीले गर्नुभएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।