एमाले ताप्लेजुङले कात्तिक १९ गते शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १५ । नेकपा एमाले ताप्लेजुङले दशैं–तिहार,छैट,नेपाल सम्वत्,चासोक तङ्नामसहितका पर्वको अवसरमा कात्तिक १९ गते शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

नेकपा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले कात्तिक १९ गते बिहीबार अपरान्ह २ बजे देखि पार्टी कार्यालय फुङलिङमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता,एमाले पार्टीका नेता तथा कार्यकर्ता,सामाजिक संघसंस्थाका प्रमुख एवम् नागरिक समाजका अगुवासहितलाई आमन्त्रण गर्ने तयारी गरिएको एमाले ताप्लेजुङले जनाएको छ ।

Similar Posts