ताप्लेजुङबाट हालसम्म २ सय ११ जनालाई बैबाहिक अंगीकृत नागरिकता प्रदान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १५ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट हालसम्म २ सय ११ जनालाई बैबाहिक अंगीकृत नागरिकता प्रदान भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार जन्मका सन्तानलाई वंशजका आधारमा दिईने नागरिकता भने ५ थान जारी भएको छ । १४ जनालाई गैर आवासीय नागरिकता प्रदान भएपनि चालु आर्थिक बर्षको यो अवधिसम्ममा भने एकजनाले पनि गैर आवासीय नेपाली नागरिकता नलिएको प्रशासन कार्यालयले जनाएको छ । हालसम्म ताप्लेजुङ प्रशासन कार्यालयबाट १ लाख ९४ हजार ७ सय ६९ थान नागरिकता वंशजका नाताले जारी भएको समेत प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखामार्फत असोज महिनामा ७ सय ६९ जनाको राष्ट्रिय परिचयपत्रमा तथ्याङ्क भरिएकोमा ति सबै विवरण अनलाइनबाट प्रविष्टी गरिसकिएको समेत प्रशासन कार्यालयले जनाएको छ । हालसम्म २ हजार २ सय २८ जनाले राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि आबेदन दिएका छन् भने २ सय १० जनाले विवरण सच्याउनका लागि आबेदन गरेको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Similar Posts