भदौ १५ गतेसम्ममा ताप्लेजुङका मतदाता ८९ हजार ७ सय

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १३ । ताप्लेजुङमा २०८३ साल भदौ १५ गतेसम्म १८ बर्ष उमेर पूरा भई मतदान गर्न योग्य मतदाताको संख्या ८९ हजार ७ सय कायम भएको छ ।

निर्वाचन आयोगले २०८३ साल भदौ १५ गतेसम्म १८ बर्ष उमेर पूरा भई मतदान गर्न योग्य देशभरका मतदाताको विवरण सार्वजनिक गरेको हो । आयोगको वेवसाईटमार्फत सार्वजनिक विवरण अनुसार ताप्लेजुङमा ४८ हजार ४८ पुरुष र ४१ हजार ६ सय ५२ महिला मतदाता देखिएका छन् ।

आयोगले मृत्यु भएका,दोहोरो नाम समावेश भएका,नामसारी गरेका,नागरिकता त्याग गरेका तथा दावी बिरोध पछि नाम हटाएर २०८३ साल भदौ १५ सम्ममा वालिग मताधिकार प्राप्त व्यक्तिहरुको नामावली विवरण सार्वजनिक गरेको हो ।

२०८२ सालको प्रतिनिधिसभा निर्वाचनका लागि यहाँ ९० हजार ३ सय २७ मतदाता रहेका थिए । सो क्रममा ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाताको संख्या कायम भएको थियो ।

आयोगले प्रकाशित गरेको विवरण अनुसार ताप्लेजुङमा ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र रहेका छन् । गत फागुन २१ गतेको निर्वाचनको क्रममा यहाँ ५ मतदान स्थल थप भएका थिए ।

 

Similar Posts