ताप्लेजुङ काँग्रेसमा महाधिबेशन प्रतिनिधि र एक प्रदेश निर्वाचन क्षेत्रको नेतृत्वका लागि बुधवार निर्वाचन हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १३ । नेपाली काँग्रेस ताप्लेजुङ ताप्लेजुङको प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति अन्तरगत प्रदेशसभा १(क) र महाधिबेशन प्रतिनिधि चयनका लागि बुधवार बिहान निर्वाचन हुने भएको छ ।
प्रदेशसभा १(ख)को कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको काँग्रेस ताप्लेजुङमा प्रदेशसभा १(क)को नेतृत्व तथा महाधिबेशन प्रतिनिधिका लागि मंगलवार साँझसम्म सहमति नजुटे पछि निर्वाचन समितिले बुधवार बिहान ७ः०० बजे देखि निर्वाचन हुनेगरी कार्यतालिका प्रकाशित गरेको हो । मतदान बुधवार बिहान ७ः०० बजेदेखि १२ः०० बजेसम्म हुनेगरी कार्यतालिका प्रकाशित भएको निर्वाचन अधिकृत शिवराज पोखरेलले जानकारी दिनुभयो । बुधवारै मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
ताप्लेजुङ प्रदेशसभा १(क)मा निवर्तमान क्षेत्रीय उपसभापति गणेश खिम्दिङ र सिरिजङ्गा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान मुख्य प्रतिश्पर्धी हुनुहुने देखिएको छ । कोशी प्रदेश अधिबेशनका लागि दुबै प्रदेशसभा क्षेत्रीय समितिबाट २४ जनाले दरले अधिबेशन प्रतिनिधि चयन हुनु हुने छ । प्रदेशसभा १(ख)बाट प्रदेश अधिबेशन प्रतिनिधि निर्विरोध भईसक्नु भएको छ । रातभर भित्रमा सहमति नभए अब प्रदेशसभा १(क)को नेतृत्व तथा ३३ जना महाधिबेशन प्रतिनिधिका लागि बुधवार बिहान निर्वाचन हुने गरी निर्वाचन समितिले कार्यतालिका तोकेको छ ।