खोरेत रोग बिरुद्ध खोप अभियान सञ्चालन गर्दै फक्ताङलुङ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ६ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले असोज ८ गते देखि पालिकाभरी खोरेत रोग बिरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बूका अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङसंगको सहकार्यमा पालिकाले चालु आर्थिक बर्ष २०८३।८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार खोरेत रोग बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

प्रमुख प्रशासकीय अधिकृत लिम्बूले पशु पालन गर्ने सम्पूर्ण पशुपालक तथा कृषकहरुलाई पालिकामा खटिई आउने पशु प्राविधिकहरुबाट आफ्ना पशुलाई अनिवार्य रुपमा खोरेत रोग बिरुद्धको खोप लगाई पशुधनको क्षति हुनबाट जोगाउन आग्रह गर्नु भएको छ ।

पालिकाले प्राविधिक सहायक शशाङ्क पौड्याल,नायव पशु सेवा प्राविधिक सञ्जय लिम्बू र मनोज लिम्बू,ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता गोपाल भण्डारी र निजी पाराभेटद्धय अनुपा ताप्मादेन र मनिकला तुम्बाहाम्फेका साथमा ओमप्रकाश शर्मा र सुजन लिम्बूलाई खोरेत रोग बिरुद्धको खोप अभियानमा खोप दिन देखि यसको व्यवस्थापनका कार्यमा खटाईएको समेत जनाएको छ ।

Similar Posts