थेचम्बुमा कात्तिक ७ देखि आमन्त्रित खुल्ला क्लव स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुमा आमन्त्रित खुल्ला क्लव स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

सनलाइट युनाईटेड युथ क्लवको आयोजनामा कात्तिक ७ देखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको खेल संयोजक तेजवीर मेन्याङ्वोले जानकारी दिनुभयो । मेन्याङ्वोका अनुसार प्रतियोगिता थेचम्बु माविको खेल मैदानमा सञ्चालन हुने छ ।

क्लवका अध्यक्ष केशव पौडेलका अनुसार पुरुष फुटबल प्रतियोगिताका बिजेताले १ लाख २ हजार ८३ रुपैयाँ र उपबिजेताले ५० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिलातर्फका बिजेताले ४१ हजार रुपैयाँ र उपबिजेताले २१ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका सचिव लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ६ वटा टीमको सहभागिता गराइने छ ।

Similar Posts