मिक्सचर मेसिन सफा गर्ने क्रममा घाइते ताप्लेजुङस्थित एक जलविद्युत आयोजनामा कार्यरत कामदारको मृत्यु
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ४ । मिक्सचर मेसिन सफा गर्ने क्रममा उक्त मेसिनमा ठोकिएर घाइते भएका ताप्लेजुङमा निमार्णाधिन माथिल्लो मेवा जलविद्युत आयोजनाका एक कामदारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नं ५ बस्ने अन्दाजी ४० बर्षिय धनसिंह साउद रहेका छन् । माथिल्लो मेवा जलविद्युत आयोजनाको प्रर्वद्धक सूर्य होल्डिङ प्रालि रहेको छ ।
प्रहरीका अनुसार चक्का सहितको रहेको गिटी,वालुवा,सिमेन्ट घोल्ने मेसिन चालु अवस्थामै रहेको चालक ओर्लन खोज्दा मेसिन अगाडि सरी देब्रे साइडको चक्काले कुल्चन गई गम्भिर घाइते भएका साउदलाई उपचारका लागि जिल्ला अस्पताल ल्याई पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले मेसिन चालक सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ बस्ने २१ बर्षिय लालमान तामाङलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । प्रहरीले घटनास्थल मुचुल्का तयार पारी सकेको र मृतकका कोहि आफन्त जाहेरी दिन नआएको जनाएको छ ।