नयाँ नेतृत्व चयन नै नगरी स्थगित भयो ताप्लेजुङ जिल्ला भलिबल संघको अधिबेशन

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २ । ताप्लेजुङ जिल्ला भलिबल संघको छैटौं जिल्ला अधिबेशन नेतृत्व चयन नै नगरी स्थगित भएको छ ।

अध्यक्षमा तीनजनाले दावेदारी प्रस्तुत गरी सहमति हुन नस्कदा लामो समयको छलफल पछि निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अधिबेशन स्थगित भएको घोषणा गरेको छ । निर्वाचन समिति संयोजक तथा नेपाल भलिबल संघका केन्द्रीय सदस्य डम्बर लङ्वाले यसअघि कायम रहेको कार्य समिति भंग भएको र अधिबेशन तत्काललाई स्थगित भयो निर्णय सुनाउनु भएको छ ।

अध्यक्षमा निवर्तमान अध्यक्ष बिमल भण्डारी र निवर्तमान उपाध्यक्षद्धय प्रेमइत लङ्वा र रक्की थेबेले दावी प्रस्तुत गर्नु भएको थियो । सर्वसहमति कायम हुन नसक्दा निर्वाचनमार्फत नयाँ नेतृच्व चयन गर्नुपर्ने हुन्थ्यो । निर्वाचन समितिका सदस्य तथा अधिवक्ता सन्तोष प्रसाँइले मतदाताको एकिन नभएकोले निर्वाचन कार्यक्रम अघि बढाउन नसकिएको जानकारी दिनुभयो ।

Similar Posts