प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष पालुङ्वाको निधन
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २७ । निजी तथा आवासीय बिद्यालयहरुको छाता संस्था प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष तथा फुङलिङस्थित कञ्चनजंघा आवासीय माविका संस्थापक प्रिन्सिपल काजीमान पालुङ्वाको निधन भएको छ ।
प्याब्सनका पूर्व केन्द्रीय सदस्य समेत रहनु भएका पालुङ्वाको ६० बर्षको उमेरमा शनिवार बिहान १ गते बजे निधन भएको हो । फोक्सोको क्यान्सरबाट पीडित पालुङ्वा लामो समय देखि काठमाडौंमा उपचाररत रहनु भएको थियो । प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङले पालुङ्वाको निधनले ताप्लेजुङको शैक्षिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभयो ।
फुरुम्बु–पालुङ्वा वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समेत रहनु भएका पालुङ्वा फुङलिङ नगरपालिका वडा नं २ स्थित बालसुवोधिनी संस्कृत माध्यमिक बिद्यालयको अंग्रेजी शिक्षकको रुपमा शैक्षिक क्षेत्रमा प्रवेश गर्नु भएको थियो । उहाँको पार्थिव शरिरलाई शनिवार साँझ ताप्लेजुङ ल्याई पु¥याउने र आइतवार अन्त्येष्टी गर्ने योजना रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।