विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिमलाई कारण देखाउँदै सिरिजङ्गाद्धारा दुईवटा वोलपत्र रद्ध

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम उच्च रहेको भन्दै पालिकाले आवह्वान गरेको दुईवटा वोलपत्र रद्ध गरेको छ ।

सिरिजङ्गाले सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना अनुसार विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम रहेको र उक्त प्रणालीको मर्मत सुधारको कार्य चलिरहेको भन्दै यसअघि जारी भएका विभिन्न प्रकृतिका दुईवटा वोलपत्र रद्ध गरेको हो ।

पालिकाका अनुसार पालिकाको वडा नं २ मा पर्ने हप्पुखोला मोटरेवल पुल तथा वडा नं १,२,३ र ४ का विभिन्न तीनवटा निर्माणका कामहरुसंग सम्वन्धित वोलपत्र रद्ध भएका हुन् ।

Similar Posts