अनुदानमा तरकारीको बीऊ बितरण गर्दै फुङलिङ
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २४ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई तरकारीको बीऊ बितरण गर्ने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार भदौ २५ गते बिहीबारदेखि तरकारीको बीऊ बितरण गरिने छ ।
पनेरुका अनुसार तरकारीको बीऊको कुल लागतमा किसानको २५ प्रतिशत साझेदारी हुनुपर्ने छ । काठमाडौं स्थानीय जातको काउली,मिनो अर्ली जातको मूला,त्रिशुली जातको सिमी र सृजना हाईब्रिड जातको टमाटरको बीऊ बितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
तरकारीको बीऊ प्राप्त गर्न किसानले जग्गा वा जमिन स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भए कम्तिमा ५ बर्षको सम्झौतापत्रसहित नागरिकता वा परिचय खुल्ने कागजात पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।