तिहारमा पटका,भुईचम्पा र आतिशबाजी सहितको बिष्फोटक पदार्थको प्रयोग गर्न नपाइने,साँस्कृतिक भेला १० बजे सम्म मात्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पटका,भुईचम्पा र आतिशबाजी लगायतका बिष्फोटक पदार्थको प्रयोग नगर्न सर्वसाधारणलाइ आग्रह गरेको छ । मंगलवार एक सूचना प्रकाशित गरी प्रशासन कार्यालयले यस्ता प्रज्वलशिल पर्दाथको प्रयोग गरेको पाइए प्रचलित कानुन बमोजिम कारवाही हुने समेत प्रष्ट्याएको छ । मंगलवार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासन कार्यालयले राति १० बजे पछि कुनै साँस्कृतिक कार्यक्रम नगर्न÷नगराउन र १० बजे अघिको समयमा पनि मास्क,स्यानीटाइजर,भौतिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सबैलाइ आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेद्धारा जारी सूचनामा अनावश्यक रुपमा भिडभाड गर्ने,होहल्ला गर्ने,भेला जम्मा हुने लगायतका कार्यहरु नगर्न÷नगराउन अनुरोध गरिएको छ । पटका,भुईचम्पा र आतिशबाजी जस्ता बिष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने,चोटपटक लाग्ने तथा आगलागी जस्ता दुर्घटना हुन सक्ने जोखिम रहेकोले यस्ता बिष्फोटक पदार्थको उत्पादन,आयात,निर्यात,बिक्री बितरण र ओसारपसार नगर्न सचेत गराइएको छ । प्रशासन कार्यालयको यो आग्रह प्रतिकुल कार्य गरे कानुनी कारवाही गर्ने समेत उसले प्रष्ट्याएको छ ।