साउन महिनामा पाथीभरा मन्दिरबाट ३ लाख १८ हजार भेटी

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २ । साउन महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा २ हजार ४ सय ६९ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । अघिल्लो बर्षको साउन महिनामा २ हजार १ सय ४६ जना पाथीभरा मन्दिरको दर्शनका लागि आएका थिए ।

अघिल्लो बर्षको साउन महिनामा १० लाख ३९ हजार रुपैयाँ भेटी गणना भएको थियो । अघिल्लो आर्थिक बर्षमा पाथीभरा मन्दिरबाट ४ करोड ८२ लाख ३ हजार ८ सय ५५ रुपैयाँ भेटि संकलन भएको थियो भने उक्त आवमा २ लाख ५२ हजार ७८ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।

Similar Posts