धरौटी बुझाउन नसक्दा साईवरक्राइम आरोपी कारागार चलान

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १७ । साइवर अपराध कसुरका एक आरोपी ताप्लेजुङ जिल्ला अदालतबाट माग भएको ५० धरौटी बुझाउन नसकेर कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङका गिरीजा ढकाल रहेको जिल्ला अदालतले जनाएको छ । अदालत स्रोतका अनुसार ढकाललाई ५० हजार रुपैयाँ धरौटी माग भएको थियो । माग भएको धरौटी बुझाउन नसकेपछि ढकाल कारागार चलान हुनु भएको हो ।

फेसबुक सहितका सामाजिक सञ्जालमा तथ्यहीन आरोप लगाउँदै जथाभावी लेख्ने क्रम बढेको भन्दै ढकाल बिरुद्ध केहि स्थानीयले साइवर अपराधको मुद्दा दर्ता गरेका थिए । अहिले साइवर अपराध सम्वन्धी मुद्दा देशभरका सबै जिल्ला अदालतहरुमा समेत दर्ता गर्न पाउने व्यवस्था रहेको छ । यसअघि भने साइवर अपराध सम्वन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा मात्र दर्ता हुने गरेको थियो ।

Similar Posts