सुनको गहना र नगद चोरी गरेको अभियोगमा पक्राउ
उज्यालो पोष्ट
ताप्लेजुङ,असार १० । ताप्लेजुङ प्रहरीले नगद र सुनका गरगहना चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरिजङ्गा गाउँपालिका वडा नं ३ का २० बर्षिय काजीमान खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुुसार खड्का माथि सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाका ७५ बर्षिय मानबहादुर काङ्वा लिम्बूको घरबाट १ लाख २३ हजार ५ सय रुपैयाँ नगद र १० आनाको सुनको ढुङ्ग्री चोरी गरेको जाहेरी परेको छ ।
घटनाको अनुसन्धान गर्ने क्रममा निज खड्कालाई आम्बेगुदिन खाम्दिने बजारमा फेला पारी निजलाई खानतलासी गर्ने क्रममा निजको साथबाट ५८ हजार ४० रुपैयाँ नगद सहित फेला पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्का माथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा (१४)(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।