फुङलिङको शिविरमा ११५ सामुदायिक कुकुरको बन्ध्याकरण

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले जेठ ३० र ३१ गते ताप्लेजुङको फुङलिङमा सञ्चालन गरेको रेविज रोग नियन्त्रणका लागि सामुदायिक कुकुर बध्यान्करण शिविरमा १ सय १५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार निःशुल्क रेविज रोग बिरुद्धको खोप तथा सामुदायिक कुकुर बन्ध्याकरण शिविर चलाईएको थियो ।

‘कुकुर वफादार प्रणीको रुपमा परिचित पनि छ । तर रेविज लागेको कुकुरको टोकाइबाट मानिस र पशुहरुमा रेविज लाग्ने जोखिम उत्तिकै भएकाले यसबाट जोगिन सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्न रेविजविरुद्ध खोप लगाउने अभियान चलाएका हौं’दाहालले भन्नुभयो ।

Similar Posts