ताप्लेजुङका डिएसपी गौतमको सरुवा,जोशी आउँदै
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २ । ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमको सरुवा भएको छ ।
ताप्लेजुङको नयाँ प्रहरी प्रमुखको रुपमा उमेश जोशी आउनु हुने भएको छ । २०८२ साल बैशाख १७ गते देखि ताप्लेजुङको प्रहरी प्रमुखको रुपमा आउनु भएका गौतमको जिल्ला प्रहरी कार्यालय सर्लाही सरुवा भएको छ ।
जोशी ताप्लेजुङमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय प्रशिक्षण व्यवस्थापन शाखा जर्गाह पश्चिम नवलपरासीबाट यहाँको प्रहरी प्रमुखको रुपमा आउन लाग्नु भएको हो ।
गौतम कानुन कार्यान्वयन,संगठनात्मक निर्देशनको उचित अनुशरण,नागरिक सहकार्य,असल समन्वयकर्ता र सेवाग्राहीमैत्री व्यवहारका कारण यहाँबाट विवाद रहित बिदा हुन लाग्नु भएको छ ।
युवा जोश र असल समन्वयकर्ताको छवीमा कायम रहनु भएका जोशीले आफु संगठन प्रमुखको निर्देशन पछि आफ्नो नयाँ जिम्मेवारीमा आउने जानकारी दिनुभयो ।