यि हुन् समानुपातिक सूचीमा अहिलेसम्म बाहिर आएका ताप्लेजुङका व्यक्तिहरु
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १५ । राजनीतिक दलहरुले समानुपातिक सूचीमा नाम समावेश गरी सार्वजनिक भएकाहरुको सूचीमा ताप्लेजुङबाट समेत समेटिएका छन् ।
नेपाली काँग्रेसबाट गीताकुमारी सेन्दाङ काँग्रेसले बुझाएको समानुपातिकको समग्रको छैटौं र महिलामा दोस्रो नम्बरमा रहनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्मला खिम्दिङ समेटिनु भएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट भरतकुमार श्रेष्ठ,दंगध्वोज खोयाहाङ र कल्पना लिम्बूको नाम समेटिएको छ ।
एमाले ताप्लेजुङबाट तीनजनाको नाम सिफारिस गरेकोमा एमालेले ताप्लेजुङबाट कसैलाई बन्द सूचीमा समेटेको नसमेटेको बारे केहि जानकारी बाहिर आएको छैन । काँग्रेस ताप्लेजुङले सेन्दाङको नाम राष्ट्रियसभाको उम्मेदवारका लागि सिफारिस गरेको जनाएको थियो । राश्वपाबाट रमेश प्रसाँईको नाम समेत समेटिएको छ । उहाँ राजधानी बस्दै आउनु भएको छ ।