सातबर्ष पछि फरार एक महिला प्रतिवादी पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २४ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले सरकारी कागजात किर्ते मुद्दाका एक प्रतिवादीलाई ७ बर्ष पछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार पक्राउ पर्नेमा ११ महिना ३ दिन कैद र ६६ हजार ६६७ रुपैयाँ जरीवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवा घर भई हाल फुङलिङ नगरपालिका वडा नं २ बस्ने अरुणा कार्की रहेकी छन् ।

प्रहरीले कार्कीलाई बिहीबार बिहान वीरेन्द्रचौकबाट नियन्त्रणमा लिई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts