ताप्लेजुङबाट लागु औषध हेरोइन सहित तीनजना पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २४ । ताप्लेजुङ प्रहरीले लागु औषध सहित तीनजनालाई पक्राउ गरेको छ । लागु औषध खैरो हेरोइन सहित तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार पक्राउ पर्नेमा फुङलिङ नगरपालिका वडा नं ५ का २२ बर्षिय सलोन श्रेष्ठ,फक्ताङलुङ गाउँपालिका वडा नं १ का १९ बर्षिय सलोन लिम्बू, फुङलिङ नगरपालिका वडा नं ३ बस्ने २३ बर्षिय ज्ञानेन्द्र गुरुङ रहेका छन् ।

प्रहरी निरीक्षक यादवका अनुसार शिक्षा लाइन स्थित यमराज लिम्बूको घर कोठामा लागुऔषध खैरो हेरोइन बिक्री हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले कोठाको खानतलासी गर्दा प्लाष्टिक सहित ३ सय २० मिलीग्राम र प्लाष्टिक बाहेक १ सय २० मिलीग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थका साथ तीनजना व्यक्तिलाई नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएका तीनैजनालाई जिल्ला अदालत ताप्लेजुङबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३)बमोजिम ७ दिनको म्याद लिई अनुसन्धान सुरु भएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Similar Posts