जिसस महासंघ कोशी प्रदेश समितिमा लामा

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १८ । जिल्ला समन्वय समिति महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा चयन हुनु भएको छ ।

लामा यसअघि समितिको उपाध्यक्ष रहनु भएको थियो । महासंघको चौथो जिल्ला अधिबेशनले समितिको उपाध्यक्षमा गैरवबहादुर विश्वकर्मा,सचिवमा गोपालमान थापा,सहसचिवमा रीता विश्वकर्मा र कोषाध्यक्षमा कमला खतिवडालाई चयन गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो । समिति १५ सदस्यीय रहेको लामाले बताउनुभयो ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ नेपालका अध्यक्ष राजन मेहता सहितको उपस्थिति रहेको थियो । कोशी प्रदेशका १४ जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्य महासंघको प्रदेश समितिका सभाषद् रहने व्यवस्था रहेको छ ।

Similar Posts