समानुपातिकतर्फ २८ हजार मत गन्दा एमालेको अग्रता

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २४ । समानुपातितर्फ २८ हजार बढी मत गन्दा ताप्लेजुङमा नेकपा एमालेको अग्रता देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयक अनुसार अहिलेसम्म २८ हजार २ सय ३५ मत गणना हुँदा एमालेले ६ हजार ७ सय २४ मत ल्याएको छ । श्रम संस्कृति पार्टीले अहिलेसम्म दोस्रो उत्कृष्ट मत ल्याएको छ । अहिलेसम्म मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीले ५ हजार ४ सय १ मत ल्याएको छ । नेपाली काँग्रेसको ५ हजार १ सय ९७ मत रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ४ हजार ६ सय ४६ मत रहेको छ । नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ४ सय ५९ मत ल्याएको छ । बदर मतको संख्या १ हजार ३ सय ११ मत रहेको छ ।

बदर मत झण्डै ५ प्रतिशत देखिएको छ । मतगणना परिणाम प्रबिष्टी चलिरहेकाले सम्पूर्ण विवरण निर्वाचन आयोगको वेभसाइटमार्फत हेर्न सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Similar Posts