| |

शिव आविका विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस २१ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङस्थित शिव आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सांगे पाल्देन शेर्पाका अनुसार कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई आइतबार न्यानो ज्याकेट वितरण गरिएको हो । फुङ्लिङ नगर कार्यपालिकाका सदस्यसमेत रहनुभएका शेर्पाले समाजसेवी जीवन सावादेनले प्रायोजन अर्थात उपलब्ध गराउनुभएको न्यानो ज्याकेट विद्यार्थीलाई वितरण गरिएको बताउनुभयो ।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको उपस्थितिमा विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न सात जना विद्यार्थीलाई फुङ्लिङ नगरपालिकाका तर्फबाट विद्यालय पोसाकको कपडा पनि वितरण गरिएको छ ।
यता विद्यार्थीलाई न्यानो ज्याकेट तथा कपडा वितरणसँगै सहयोगदातालाई विद्यालयको तर्फबाट सम्मानसमेत गरिएको प्रधानाध्यापक हर्कबहादुर गुरुङले जानकारी दिनुभयो । समाजसेवी सावादेनले उपलब्ध गराउनुभएको न्यानो ज्याकेटले विद्यार्थीको स्वास्थ्य तन्दुरुस्ती राख्नका लागि राहत पुगेको प्रधानाध्यापक गुरुङले बताउनुभयो ।
त्यस्तै अहिलेको जाडो मौसममा न्यानो ज्याकेटका कारण विदार्थीलाई नियमित विद्यालय आउने वातावरण बन्ने र जसका कारण उनीहरुको पढाइमा टेवा अपेक्षा राखिएको पनि उहाँको भनाइ छ । उता नगरपालिकाका तर्फबाट जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्तिस्वरुप पोशाक कपडा उपलब्ध गराएको र आगामी दिनमा पनि छात्रवृत्तिको कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख मादेनले बताउनुभएको छ ।

Similar Posts