मैवाखोलाको ‘एक घर एक फलफूल बगैंचा’कार्यक्रम

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ५ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एक घर एक फलफूल बगैंचा’कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार चालु आर्थिक बर्ष २०८२।८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘एक घर एक फलफूल बगैंचा’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पालिकाले पालिकालाई किवी खेतिमा सवल बनाउने प्रयत्न गरेको छ । सो कार्यक्रम अनुसार पालिकाले छनौट भएका लाभग्राहीलाई हे–वार्ड जातको किवीको कलमी जातको बिरुवा प्रदान गर्ने भएको छ ।

छनौट भएका लाभग्राहीलाई कम्तिमा ३० वटाका दरले बिरुवा प्रदान गर्ने पालिकाको तयारी रहेको छ । बिरुवा निःशुल्क उपलब्ध गराउने पालिकाले बिरुवाको ढुवानीको सम्पूर्ण खर्च भने लाभग्राहीले व्यर्होनुपर्ने गरी सर्त राखेको छ ।

Similar Posts