स्पष्ट मुखाकृत देखिने सेतो पर्दाको पासपोर्ट मात्र मान्य हुने प्रशासन कार्यालयको भनाई,गरियो परिपत्र

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १३ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हालसालै खिचेको स्पष्ट मुखाकृत देखिने सेतो पर्दाको पासपोर्ट साईजको फोटो मात्र प्रमाणित गरी सिफारिस पठाउन यहाँका सबै स्थानीय तहमा परिपत्र गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले यहाँका ९ स्थानीय तह र ६१ वटै वडा कार्यालयमा जिल्ला प्रशासन कार्यालयकोतर्फबाट उक्त परिपत्र गर्नु भएको हो । सहायक प्रजिअ भट्टराईले उक्त अनुरोधपत्रको वेवास्त गरी पठाएको सिफारिस अनुसूची फिता पठाइने जानकारी दिनुभयो ।

भट्टराईका अनुसार प्रशासन कार्यालयले २०८० साल असार १७ गते पहिलोपटक र २०८२ साल मंसिर ११ गते दोस्रोपटक यस सम्वन्धी पत्राचार गरिएकोमा उक्त परिपत्र हालसम्म पनि कार्यान्वयनमा नआएकोले अन्तिमपटक पालिका र स्थानीय तहलाई उक्त जानकारी सहितको परिपत्र गरिएको हो ।

सहायक प्रजिअ भट्टराईले कतिपय सेवाग्राहीले यसअघि प्रमाणित गरी जारी गरिएको नागरिकताको प्रमाणपत्रमा टाँसिएको फोटो उक्काई आफुखुसी अर्को फोटो टाँस्ने समेत गरेको जानकारीहरु आउन थालेको भन्दै यस्तो गैर कानुनी कार्य नगर्न नगराउन सबैलाई आग्रह समेत गर्नु भएको छ ।

Similar Posts