सिरिजङ्गाले बैशाख १५ बाट कक्षा ८ को ग्रेडबृद्धि परीक्षा सञ्चालन गर्दै
उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ८ को ग्रेडबृद्धि परीक्षा बैशाख १५ गते देखि सञ्चालन गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद खतिवडाका अनुसार १५ गते गणित,१६ गते नेपाली,१७ गते अंग्रेजी बिषयको परीक्षा हुने छ ।
१८ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा,१९ गते विज्ञान तथा प्रविधि,२० गते स्वास्थ्य,शारीरिक तथा सृजनात्मक कला र २१ गते स्थानीय बिषयको परीक्षा हुने छ । परीक्षा तेल्लोक माविमा सञ्चालन हुने पालिकाले जनाएको छ ।