ताप्लेजुङका लागि माध्यमिक तहका तीन बिषयका १२ शिक्षक स्थायी नियुक्तिका लागि सिफारिस

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २३ । शिक्षा विकास निर्देशनालय धनकुटाले ताप्लेजुङका लागि माध्यमिक तहमा नेपाली,अंग्रेजी र सामाजिक बिषयका १२ जना शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोख्रेलका अनुसार नेपालीका ३ जना,अंग्रेजीका ४ जना र सामाजिकका ५ जना शिक्षक स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन् । पोख्रेलका अनुसार नेपाली बिषयतर्फ गंगाकुमारी श्रेष्ठ,मधुकुमारी झा र केशर टमाटा सिफारिस हुनु भएको छ ।

अंग्रेजी बिषयतर्फ पवित्रा यक्सो लिम्बू,अस्मिता धिमाल,कौशला राई र अजयकुमार महतो सिफारिस हुनु भएको निर्देशनालयले जनाएको छ । सामाजिक बिषयतर्फ हरिबहादुर तामाङ,लक्ष्मी थापा,कपिल दर्जी,नवीन श्रेष्ठ र रामानन्दप्रसाद यादव सिफारिस हुनु भएको छ ।

Similar Posts