|

पाथीभरा क्याम्पसका प्रमुख पौडेललाई पितृशोक

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ३० । ताप्लेजुङको सदरमुकामस्थित पाथीभरा बहुमुखी क्याम्पसका प्रमुख सजन पौडेललाई पितृशोक परेको छ । क्याम्पस प्रमुख पौडेलका पिता (बाबु) बलराम पौडेलको बिहीबार निधन भएसँगै उहाँलाई पितृशोक परेको हो ।
ताप्लेजुङको एकमात्र स्नातकोत्तर पढाइ हुने क्याम्पसका प्रमुख पौडेलका पिताको ७३ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । परिवार स्रोतकाअनुसार पौडेल आफन्त भेटघाटका लागि जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन गएका बेला उहाँको उतै निधन भएको हो ।
सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइनमा रहेको आफ्नो घर फर्कने तयारी गर्दैगर्दा पौडेलको स्वास्थ्यमा अचानक समस्या आाएको र केही समयमै उहाँको निधन भएको बताइएको छ । उहाँ श्रीमतीका साथ थुम्बेदिन जानुभएको थियो । यता पौडेलको अन्त्येष्टि श्ुक्रबार काबेली खोला घाटमा गर्ने परिवारले जनाएका छन् ।

Similar Posts