ताप्लेजुङ प्याब्सनका अध्यक्ष सिग्देलको निधन
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३० । जिल्ला प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलको ३७ बर्षको उमेरमा निधन भएको छ ।
सिग्देल क्यान्सर पीडित हुनुहुन्थ्यो । नेपाली काँग्रेस ताप्लेजुङका प्रवक्ता समेत रहनु भएका सिग्देलको केहि समय अघि आमाशयको शल्यकृया गरिएको थियो । बोन म्यारो क्यान्सरको उपचारका लागि भारत लगिएकोमा सिग्देलको स्वास्थ्य स्थिति थप जटिल बनेसंगै उहाँलाई अस्पतालले बिदा दिएको थियो ।
प्याब्सन ताप्लेजुङमा लामो समय देखि आवद्ध रहनु भएका सिग्देल अक्सफोर्ड मोडल बोर्डिङ स्कुलका प्रिन्सिपल रहनु भएको थियो । सिग्देलका बुबाआमा,श्रीमति र एकछोरी तथा एक छोरा रहनु भएको छ । सिग्देलको निधनमा नेपाली काँग्रेस ताप्लेजुङले विज्ञप्ति निकाली दुःख प्रकट गरेको छ ।