ताप्लेजुङ गोल्डकप: सबै खेलाडीको दुर्घटना बीमा,टिकट काट्नेहरुमध्येबाट लक्कीड्रमार्फत प्रत्येक दिन मोवाइल !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १५ । साउन २४ गते देखि फुङलिङस्थित भानुजन माविको खेल मैदानमा सुरु हुने तेस्रो ताप्लेजुङ गोल्डकपमा सहभागी सबै खेलाडीको जनही १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हुने भएको छ ।
आयोजक लाखेजात्रा सञ्चालन समितिले प्रतियोगितामा सहभागी सबै खेलाडीको जनही १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिने जनाएको छ । लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले सहभागी ८ वटा टिमका सबै खेलाडीको जनही १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजकको एक सहित ८ टिम सहभागी हुँदैछन् । यस्तै खेल अवलोकनका लागि टिकट काट्ने अवलोकनकर्ताहरुले लक्की ड्रमार्फत हरेक दिन एकजनाले एकथान स्क्रिन टच मोवाइल प्राप्त गर्ने भएका छन् । खेल अवलोकनकर्ताहरुले काटेको टिकटलाई लक्की ड्रमा समावेश गरी भाग्यशाली एकजनालाई प्रत्येक दिन एकथान स्क्रिन टच मोवाइल प्रदान गरिने समेत शेर्पाले जानकारी दिनुभयो ।