प्रथम मानाभारा गोल्डकप सञ्चालनको क्रममा झण्डै साढे ५ लाख बचत

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ३० । पुस १५ देखि १९ गतेसम्म ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा सञ्चालित प्रथम मानाभारा गोल्डकप सञ्चालनको क्रममा ५ लाख ३७ हजार बढी बचत भएको छ ।

आयोजक मानाभारा युथ स्पोर्टिङ क्लवले कार्यक्रमस्थल खेजेनिममै सार्वजनिक सुनुवाई आयोजना गर्दै आम्दानी तथा खर्चको विवरण सार्वजनिक गरेको हो । मानाभारा युथ स्पोर्टिङ क्लवका प्रमुख संरक्षक तथा फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा(विकास)का अनुसार आयोजकले कार्यक्रम सञ्चालन पछि ५ लाख ३७ हजार ९ सय २५ रुपैयाँ संस्थाको खातामा बचत भएको छ । अध्यक्ष तुलसी दाहालका अनुसार कुल २२ लाख २१ हजार ९ सय २५ रुपैयाँ आम्दानी भएकोमा प्रतियोगिता सम्पन्न गर्दा कुल १६ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ ।

सचिव मौसम अन्छङ्वोका अनुसार क्लवमा बिभिन्न सहयोगी दाताबाट १५ लाख ६९ हजार ८ सय ४३ रुपैयाँ संकलन भएको थियो । यस्तै अन्य संघसंस्थाबाट ३ लाख २ हजार रुपैयाँ संकलन भएको सचिव अन्छङ्वोले जानकारी दिनुभयो । कोषाध्यक्ष अदित्य लिम्बूका अनुसार स्थानीय सरकार पालिका तथा वडाबाट कुल ३ लाख ५० हजार संकलन भएको थियो । आयोजक मानाभारा युथ स्पोर्टिङ क्लवले कार्यक्रम सकिएको दुईहप्ता समेत पूरा नभई आयव्यय विवरण सार्वजनिक गरेको हो ।

Similar Posts