संस्थापक शेयर सदस्यलाई सम्मान गर्दै ताप्लेजुङकै जेठो ताप्लेजुङ बहुद्देश्यीय सहकारी संस्थाले मनायो रजत उत्सव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १० । संस्थापक शेयर सदस्यलाई सम्मान गर्दै ताप्लेजुङकै जेठो सहकारी ताप्लेजुङ बहुद्देश्यीय सहकारी संस्थाले स्थापनाको २५ औं बर्ष मनाएको छ ।

संस्थाले संस्था स्थापनाका बेला शेयर सदस्य रहनु भएका ३४ जनालाई सम्मानपत्र प्रदान गर्दै रजत उत्सव मनाएको हो । सम्मानित हुनेमा टामन सिग्देल,गणेश अधिकारी,बलराम भट्टराई,कुमार मादेन,मनमणि काफ्ले,सजन पौडेल,अम्बरकुमार श्रेष्ठ,टंकबहादुर कटुवाल,रोशनलाल अग्रवाल,ओमलक्ष्मी शाक्य,इन्द्रबहादुर गुरुङ,राजमणि पौडेल,रामप्रसाद बराल,वालमणि बराल,टामन भण्डारी,भद्रवीर रेग्मी,रविन्द्रमणि काफ्ले,शेखर दाहाल,रणबहादुर कार्की,नरबहादुर कार्की र राजु नेयोङहाङ रहनु भएको छ । यस्तै उर्मिला भट्टराई,नारदप्रसाद बगाले थापा,किशोरकुमार राई,सन्तोष खतिवडा,गणेशकुमार श्रेष्ठ,लेखनाथ भट्टराई,रामप्रसाद सुबेदी,दिनेश अधिकारी,भरतकुमार श्रेष्ठ र अमृतकुमार कार्कीलाई समेत सम्मानित गरिएको छ ।

संस्थापक शेयर सदस्य रहनु भएका टीकाराम गौतम,विजयकुमार श्रेष्ठ र दावाएन लामाको निधन भइसकेको छ । सहकारी संस्थाले संस्थापनाकालका कर्मचारीद्धय अर्जुनकुमार कार्की र टीकाराम बगाले थापालाई प्रशंसापत्र प्रदान गरेको छ । संस्थाका अध्यक्ष टामन सिग्देलका अनुसार संस्थाले स्थापनादेखि २०८२ बैशाख मसान्तसम्ममा १ अर्ब १२ करोड ६७ लाख भन्दा बढी रकमको कारोवार गरेको छ । सहकारी संस्थामा अहिले २ हजार १ सय १९ महिला,१ हजार १ सय ३७ पुरुष र ४ वटा संस्थासहित ३ हजार २ सय ६० शेयर सदस्य रहेका छन् ।

२०५७ साल माघ २४ गते ३४ शेयर सदस्यबाट १ लाख १७ हजार रुपैयाँ शेयर रकम प्राप्त गरी सुरु भएको सहकारीको प्रथम संस्थापक भेलाले सहकारी संस्थालाई बैधानिक प्रकृया दिन संस्थाको बिनियम बनाउने,लोगो बनाउनेसहितका निर्णय गरेको थियो । २०५७ साल चैत महिनामा सम्पन्न दोस्रो प्रारम्भिक भेलाबाट उक्त कार्य सहित संस्थागत प्रकृया आरम्भ गर्न संस्थापक शेयर सदस्य गणेश अधिकारीको संयोजकत्वमा तर्दथ समिति बनाएको थियो । संस्था २०५८ साल जेठ १० गते सहकारी डिभिजन कार्यालय इलाममा दर्ता भएको थियो ।

तदर्थ समिति बनेको तीनमहिना भित्र संस्थाको संस्थागत समितिका लागि गर्नुपर्ने साधारणसभा सहितका प्रयोजनका लागि २०५८ साल असार १८ गते भएको पहिलो साधारणसभाबाट टामन सिग्देल अध्यक्ष रहेको समिति बनेको थियो । यो सहकारी संस्थाको पहिलो आधिकारिक समिति थियो । त्यसयता गत पुस १२ गते सम्पन्न २४ औं बार्षिक साधारणसभा तथा ७ औं अधिबेशनबाट समेत सिग्देल आफैं अध्यक्ष रहनु भएको छ । संस्थाको आधिकारिक समिति बनेयता ताप्लेजुङ बहुद्देश्यीय सहकारी संस्थामा सिग्देल लगातार अध्यक्ष हुनुहुन्छ ।

रजत उत्सव कार्यक्रमका प्रमुख अतिथि तथा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा र फुङलिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष सोजित श्रेष्ठसहितले सहकारी संस्थाका संस्थापक शेयर सदस्यहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा बिभिन्न सहकारी संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष खगेन्द्रकुमार कार्कीले उपस्थित सबैलाई स्वागत गर्दै संस्था स्थापनाको २५ औं बर्षगाँठको अवसरमा हार्दिक बधाई तथा निरन्तर सहयोगको अपेक्षा गर्नु भएको छ ।

Similar Posts