मदन–आश्रित स्मृति दिवसको अवसरमा ताप्लेजुङ अस्पतालका बिरामीलाई फलफूल बितरण

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ३ । ३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति प्रतिष्ठान ताप्लेजुङले शनिवार ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ ।
बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामी र बिरामीका कुरुवा गरी ४२ जनालाई फलफूल बितरण गरिएको मदन भण्डारी स्मृति प्रतिष्ठान ताप्लेजुङका अध्यक्ष सन्तोष चाम्लिङले जानकारी दिनुभयो । उहाँ एमाले ताप्लेजुङका सचिव समेत हुनुहुन्छ ।
ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा सहित एमालेका कोशी प्रदेश समिति र जिल्ला स्तरीय नेताहरु,मदन भण्डारी स्मृति प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा फलफूल बितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।
विक्रम् सम्वत २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने स्थानमा भएको सवारी दुर्घटनामा परी नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।