दुध डेरीमा भएको आगलागीमा ४ लाख बराबरको क्षति

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १८ । ताप्लेजुङको फुङलिङ वीरेन्द्रचौकस्थित बुङकुलुङ दुध डेरीमा बिहीबार बिहान भएको आगलागीमा अनुमानित ४ लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार दुधडेरीमा रहेका बिभिन्न सामग्री नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । प्रहरीका अनुसार बिहीबार बिहान दुध तताउने क्रममा ग्याँस लिक भई आगलागी भएको थियो ।

प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा लिएको घटनास्थलमा खटिनु भएका प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईले जानकारी दिनुभयो । ताप्लेजुङ सदरमुकाम फुङलिङमा बारबार आगलागीका घटना हुने गरेका छन् ।

Similar Posts