नेबिसंघको स्थापना दिवसमा अन्तरक्रिया तथा साहित्य बाचन

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ६ । नेपाल बिद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा शनिवार ताप्लेजुङमा अन्तरक्रिया तथा साहित्य सृजना सृजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा बिभिन्न बिधाका साहित्य सजर्कहरुले कविता,गजल,सायरी र हाइकु सहितका साहित्य सृजना बाचन गर्नु भएको थियो ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,उपसभापति डिल्लीरमण बराल,सचिव गणेशबाबु निरौला(सञ्जय),महाधिबेशन प्रतिनिधि तथा पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजम,नेबिसंघका केन्द्रीय सदस्यद्धय विश्वराज नाल्वो र राजकुमार कार्की सहितको उपस्थितिमा भएको साहित्य सृजना बाचन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा नेबिसंघको भूमिका बिषयमा अन्तरक्रिया समेत सम्पन्न भएको नेबिसंघका जिल्ला अध्यक्ष लोकेश लिम्बूले जानकारी दिनुभयो ।

Similar Posts