पाथीभरा क्याम्पसद्धारा दृष्टीबिहिन र शारिरीक रुपमा अशक्त बिद्यार्थीको मासिक शुल्क मिनाह

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत दृष्टीबिहिन र शारिरीक रुपमा अशक्त बिद्यार्थीहरुको मासिक शुल्क मिनाह गर्ने भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष शीला इजमको अध्यक्षतामा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चालक समिति सदस्य सन्तोष पुर्कुटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो निर्णय बिहीबारकै मितिबाट लागु हुने छ ।

क्याम्पसले क्याम्पसमा कार्यरत महिला प्राध्यापक तथा कर्मचारीलाई महिनावारीको समयमा एकदिन मासिक बिदा दिने निर्णय समेत गरेको छ ।

क्याम्पस समयमा महिनावारी भए सो समयमा आवश्यक पर्ने सेनेटरी प्याड समेत क्याम्पसले निःशुल्क उपलब्ध गराउने भएको छ भने क्याम्पसले सेनेटरी प्याडको उचित व्यवस्थापनका लागि तत्काल उपकरण खरिद गरी क्याम्पसमा राख्ने निर्णय समेत गरेको छ ।

 

Similar Posts