सरकार र ‘नो केवलकार’पक्षको बार्ता : थप उच्च स्तरीय बार्ता टोली गठनको पहल थालिने

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ४ । सरकार र पाथीभरा क्षेत्रमा ‘नो केवलकार’ भनिरहेको पक्षधरबिचको सोमबारको बार्ता दुबै टोलीतर्फ थप उच्च स्तरीय बार्ताटोली गठनको पहल अघि बढाउने गरी सकिएको छ ।

सरकारी बार्ता टोलीका संयोजक तथा गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले सरकारीतहबाट पनि यो भन्दा माथिको र आन्दोलरत पक्षबिच यो अहिले कायम रहेको भन्दा माथिल्लो स्तरको बार्ताटोली गठन गर्न पहल गर्ने सैद्धान्ति सहमति बनेको जानकारी दिनुभयो । उहाँका अनुसार अर्को बार्ता चैत ७ गतेभित्र बस्ने गरी सहमति पनि भएको छ ।‘त्यो अवधि सम्ममा हामी अहिले कायम रहेको बार्ता टोली भन्दा उच्च तहको बार्ताटोली निर्माणका लागि पहल गर्नेछौं’भट्टराईले भन्नुभयो ।

‘नो केवलकार’ पक्षधरतर्फबाट बार्ता सहजीकरण समितिका सदस्य आलोक मावोहाङले आफुहरुले सोमवारको बार्तामा केवलकार खारजीको एक सुत्रिय माग लगेको र सरकारी बार्ताटोलीले आफ्नो तहबाट त्यो कुरा सम्भव नहुने बताएपछि यो भन्दा उपल्लो तहको बार्ता टोलीको माग आफुहरुले गरेको बताउनुभयो । आन्दोलनरत पक्षले यसअघिबाटै मन्त्रीस्तरीय बार्ताटोली गठन हुनुपर्ने माग राखिरहेको छ ।

Similar Posts