ताप्लेजुङका राजनीतिक दलको विज्ञप्ति:बार्तामार्फत बिद्यमान असहज परिस्थतिको अन्त्य गरी लगानीमैत्री वातावरण बनाऔं

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १७ । ताप्लेजुङका ६ राजनीतिक दलहरुले आन्दोलनरत पक्ष,राज्यपक्ष र केवलकार निर्माण पक्षबिच वार्ता र सम्बाद गरी बिद्यमान असहज परिस्थतिको अन्त्य गर्न आग्रह गरेका छन् ।

नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा(माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तिमा ताप्लेजुङ जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न सम्वन्धित सबैपक्षमा अनुरोध गरिएको छ ।

पाथीभरा मुक्कुमलुङ क्षेत्रमा गत माघ १२ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै राजनीतिक दलहरुले घाइतेहरुको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

तीनबुँदामा जारी गरिएको विज्ञप्तिमा काँग्रेसकातर्फबाट जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,एमालेका जिल्ला सचिव सन्तोष चाम्लिङ,माओवादी केन्द्रका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री,राश्वपाका जिल्ला उपसभापति दावा शेर्पा,नेकपा एसका जिल्ला सचिव मोहन न्यौपाने र नेकपाका लिम्बूवान प्रदेश कमिटी सदस्य अभिषेक सीले हस्ताक्षर गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts