मिक्वाखोलाद्धारा ४ माविका ८ सय ५० बिद्यार्थीलाई ट्रयाक सुट बितरण हुने,साँवा माविमा बितरण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले अध्यक्ष–उपाध्यक्ष शिक्षा परियोजना अन्तरगत पालिकाका माध्यमिक बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा(ट्रयाक सुट)बितरण गर्न थालेको छ ।
पालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार पालिका भित्रमा रहेका साँवा मावि(साँवा),बालदेन मावि(पापुङ),पञ्चेश्वरी मावि(लिवाङ) र मोति मावि(खोक्लिङ)का बिद्यार्थीलाई ट्रयाक सुट बितरण गरिने छ । साँवा माविका २ सय ५० जना बिद्यार्थीलाई ट्रयाक सुट बितरण गरिएको छ भने बाँकी माविका बिद्यार्थीलाई दशैंपछि बितरण गरिने थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार बालदेन मावि पापुङमा १ सय ४१ जना,पञ्चेश्वरी मावि लिवाङमा १ सय ६१ जना र मोति मावि खोक्लिङमा २ सय ९८ जना बिद्यार्थी रहेका छन् । चार माविका गरी कुल ८ सय ५० जनालाई पालिकाले ट्रयाक सुट बितरण गर्ने छ ।
पालिका अध्यक्ष भक्तबहादुर कार्की,उपाध्यक्ष डण्डु लामा शेर्पा,प्रमुख प्रशासकीय अधिकृत विमल गौतम,सम्वन्धित बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थितिमा ट्रयाक सुट बितरण गरिएको पालिकाले जनाएको छ ।