पटका,भुइचम्पा जस्ता बिष्फोटक पदार्थको प्रयोग र बिक्रीबितरण बिरुद्ध ताप्लेजुङ प्रहरी कडा रुपले प्रस्तुत हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ३ । पटका,भुइमचम्पा,आतिषबाजी,रकेट जस्ता बिष्फोटक पदार्थ बिरुद्ध ताप्लेजुङ प्रहरीले निर्मम रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।

साँघुरो बजार क्षेत्र तथा आगलागीको जोखिम समेत हुने भएकोले पटका,भुइमचम्पा,आतिषबाजी र रकेट जस्ता बिष्फोटक पदार्थ बिरुद्ध निगारानी बढाइएको ताप्लेजुङ प्रहरी प्रमुख(डिएसपी)रवि रावलले जानकारी दिनुभयो । ‘यस्ता सामग्रीको ओसारपसार,खरिद बिक्री एवम् प्रयोगमा नियन्त्रण हुने गरी निगारानी बढाएका छौं’रावलले भन्नुभयो । ‘ यस्ता सामाग्री बिक्री बितरण गरेको पाइए सामग्री जफत गरी बिक्रीकर्ता र खरिदकर्ता दुबैलाई कानुनी दाहेरामा ल्याने छ’ रावलले भन्नुभयो । उहाँका अनुसार जिल्ला भित्रने सीमानाका क्षेत्रहरुमा समेत प्रहरी निगारानी बढाइएको छ । यस्ता प्रज्वलित सामग्रीको प्रयोगले आगलागी हुने,धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भएकोले यसबिरुद्ध प्रहरी निगारानी बढाईएको उहाँले बताउनुभयो । लुकिछिपी यसको प्रयोग तथा बिक्रीबितरण बिरुद्ध प्रहरीले सुक्ष्म निगारानी सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

ताप्लेजुङ उद्योग वाणिज्य संघले पनि पटका,भुइमचम्पा,आतिषबाजी,रकेट जस्ता बिष्फोटक पदार्थको बिक्रीबितरण नगर्न व्यवसायीहरुलाई सचेत गराएको छ । लुकिछिपी बिक्री बितरण गरेको पाइए कानुन अनुसार कारवाही हुनेतर्फ वाणिज्य संघले सम्पूर्ण व्यवसायीहरुलाई यसअघि नै सूचित गरिसकेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले बताउनुभयो । प्रहरीले अभिभावकलाई अनुरोध गर्दै आफ्ना छोराछोरीलाई यस्ता बिष्फोटक पदार्थको प्रयोग नगर्न नगराउन भनेको छ । लुकिछिपी यस्ता बिष्फोटक पदार्थको प्रयोग भइरहेको भए प्रहरीलाई सूचना दिएर सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले यस्ता सामग्रीको प्रयोग बिरुद्ध सुक्ष्म निगारानी बढाएको बताउँदै जिल्ला प्रहरी प्रमुख डिएसपी रावलले पटका,भुइमचम्पा,आतिषबाजी,रकेट जस्ता बिष्फोटक पदार्थको प्रयोग र ओसारपसार बिरुद्ध निर्मम रुपले प्रस्तुत हुने जानकारी दिनुभयो । साँघुरो र पुरानो बजार क्षेत्रमा यस्ता प्रज्वलित सामग्रीको प्रयोग झन् ठूलो घातक हुने भएकोले सम्बेदनशिलता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ । डिएसपी रावलले प्रहरीले यस्ता बिष्फोटक पदार्थको प्रयोग,ओसारपसार र बिक्रीबितरण बिरुद्ध सार्वजनिक सूचना समेत आवह्वान गसिसकेको जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता २०७४ को नं ११४ मा बिषालु वा बिष्फोटक पदार्थ प्रयोगको निमयन सम्वन्धी व्यवस्था गरिएको छ । जस अनुसार कसैले बिषालु पदार्थ,आगोजन्य पदार्थ,प्रज्वलनशिल पदार्थ,बिष्फोटक पदार्थ वा जोखिमी हतियार वा यन्त्र चलाउँदा वा प्रयोग गर्दा कसैको शरीर वा ज्यान वा सम्पत्ति हानीनोक्सानी भए प्रयोगकर्ताउपर कैद वा जरीवाना वा दुबै सजाय सम्म हुने उल्लेख गरिएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts